अन्तराष्ट्रिय

ईलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा टिवटर खरिद गर्ने

post-img

बैशाख १३, काठमाडौं । फोर्ब्स म्यागेजिनका अनुसार २ खर्ब ७३ अर्ब डलरसहित विश्वकै धनी व्यक्ति एवम् टेस्ला कम्पनीका प्रमुख ईलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गर्ने भएका छन् ।
बीबीसीले जनाए अनुसार ट्विटरको बोर्डले ४४ अर्ब अमेरिकी डलर बराबरको सम्झौतामा सहमति भएको जनाएको छ । अब यस सहमतिलाई ट्विटरका शेयरधनीहरुले सदर गरेपछि अन्ततः ट्विटर मस्कको स्वामित्वमा आउने जनाइएको छ ।
दुई साताअघिमात्रै मस्कले ट्विटर खरिद गर्ने इच्छा प्रकट गरेका थिए । यस विषयमा ट्विटरले सुरुमा खासै चासो नदेखाएपनि हाल भने मस्कको प्रस्तावमा सहमति जनाएको छ ।
‘वाक् स्वतन्त्रता सबल लोकतन्त्रको आधारशीला हो र ट्विटर शहरको डिजिटल चोकजस्तै हो, जहाँ मावन भविष्यका महत्वपूर्ण विषयमा बहस हुन्छ’ सम्झौतापछि मस्कले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘म नयाँ फिचर र खुला स्रोत अल्गोरिदमका साथ ट्विटरलाई अहिलेसम्मकै सबैभन्दा राम्रो बनाउन चाहन्छु ।’ ईलन मस्कले विज्ञप्तिमा उल्लेख गरेका छन््, ‘ट्विटरमा विशाल सम्भावना छ ।’

 

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660