अन्तराष्ट्रिय

भारतमा पुनः बढ्न थाल्यो कोरोना संक्रमणदर

post-img

बैशाख २, काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो दिनहरुमा पुनः कोरोना संक्रमणदर बढ्दै गएको छ । यसरी दिनहुँ रुपमा कोरोना संक्रमणदर बढिरहेको हुँदा कोरोना महामारीको चौथो लहर सुरु हुन लागेको अनुमान गर्न थालिएको छ ।
भारतका कुल ७३४ जिल्ला मध्ये हाल २९ जिल्लामा कोरोना पोजेटिभ हुनेको दर ५ प्रतिशतभन्दा बढी रहेको छ भने २३ जिल्लामा १० प्रतिशतभन्दा बढी र ८ जिल्लामा २० प्रतिशतभन्दा बढी रहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कुनैपनि निश्चित क्षेत्रमा ५ प्रतिशतभन्दा बढीको संक्रमणदरलाई चिन्ताजनक अवस्थाको रुपमा लिने गरिन्छ । भारतका स्थानिय सञ्चार माध्यमका अनुसार भारतमा पछिल्लो दुई दिनमा मात्र १ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणदर बढ्दै गए पछि भारतमा आगामी महिना संचालन हुने भनिएको सिबीएसईको परिक्षासमेत सर्न सक्ने बताइएको छ भने नयाँ दिल्लीस्थित केही विद्यालयहरु पुनः बन्द भएका छन् ।
भारतमा हालसम्म ४ करोड ३० लाख मानिस कोरोना संक्रमित भएका छन् भने ५ लाख छ हजार मानिसले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660