अन्तराष्ट्रिय

रुससँग चीनको व्यापार १२ प्रतिशतले बढ्यो

post-img

 

बेइजिङ । रुस-युक्रेन युद्धबीच रुससँगको चीनको समग्र व्यापार अघिल्लो वर्षको तुलनामा मार्चमा १२ प्रतिशतभन्दा बढीले बढेको छ । युक्रेनमा आक्रमण गरेपछि रुसमाथि लगाइएका प्रतिबन्धहरूको बेइजिङले आलोचना गर्दा पनि दुई देशबीच डलरमा भएको व्यापारमा वृद्धि भएको हो ।

रुससँगको समग्र व्यापार मार्चमा १२.७६ प्रतिशतले बढेर ११.६७ अर्ब डलर पुगेको छ । त्यो अघिल्लो वर्षको पहिलो चौमासिकको भन्दा ३०.४५ प्रतिशतले बढी रहेको चिनियाँ भन्सारको तथ्यांकले देखाएको छ । समग्रमा आयात निर्यात दुवै बढेको छ । रुस चीनका लागि तेल, ग्यास, कोइला र कृषि उपजको मुख्य स्रोत हो ।
रुसले फेब्रुअरी २४ मा युक्रेनमा सुरु गरेको ‘विशेष सैन्य कारबाही’लाई बेइजिङले ‘आक्रमण’ भन्न अस्वीकार गर्दै आएको छ । बेइजिङले मस्कोलाई सजाय दिन लगाइएका पश्चिमी प्रतिबन्धहरूलाई गैरकानुनी भन्दै बारम्बार आलोचना गरेको छ ।
युक्रेनमा आक्रमण हुनु केहीअघि चीन र रुसले ‘नो-लिमिट’ रणनीतिक साझेदारीको घोषणा गरेका थिए । गत वर्ष दुई देशबीचको कुल व्यापार ३५.८ प्रतिशतले बढेर १४६.९ अर्ब डलर पुगेको थियो ।

रुसविरुद्ध प्रतिबन्धहरू बढ्दै जाँदा चीनले आफ्नो छिमेकीको पीडालाई कम गर्न रुसबाट थप खरिद गर्न सक्छ । विश्लेषकहरू चीनले रुसमाथि लगाइएका पश्चिमी प्रतिबन्धहरूको उल्लंघन गरिरहेको कुनै ठूलो संकेत अहिलेसम्म नदेखिएको बताउँछन् ।

चिनियाँ भन्सारका प्रवक्ताले रुस र युक्रेनलगायत देशहरूसँग चीनको आर्थिक र व्यापारिक सहयोग सामान्य रहेको बताएका छन् ।

उता, रुसका पूर्वअर्थमन्त्रीले बढ्दो मुद्रास्फीति र पुँजी पयालनका कारण रुसको अर्थतन्त्र सन् २०२२ मा १० प्रतिशतभन्दा बढीले संकुचित हुने बाटोमा रहेको बताएका छन् । रोयटर्सबाट ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660