अन्तराष्ट्रिय

ओस्कार अवार्डमा अभिनेताले प्रस्तोतालाई थप्पड हानेकोमा मागे माफी

post-img

चैत्र १५, काठमाडौं । हलिउड अभिनेता विल स्मिथले ओस्कार अवार्ड समारोहमा भएको घटनाप्रति माफी मागेका छन् । सोमबार बिहान भएको ओस्कर अवार्ड समारोहमा प्रस्तोता रकले आफ्नी पत्नी जेडाप्रति व्यंग्य गरेपछि स्मिथले मञ्चमै उक्लिएर रकलाई थप्पड हानेका थिए ।
ओस्कार समारोहमा आफूले थप्पड हानेका प्रस्तोता क्रिस रकसँग उनले सामाजिक सञ्जालमार्फत माफी मागेका छन् ।
उनले माफी माग्दै, ‘ क्रिस, म सार्वजनिक रुपमा तिमीसँग भएको घटनाप्रति माफी चाहन्छु । म मर्यादाबाट बाहिर गएको थिएँ र म गलत थिएँ । म लज्जित छु र मैले गरेको कार्य मैले बन्न चाहेको मान्छेको सूचक थिएन । प्रेम र दयाको संसारमा हिंसाको कुनै ठाउँ छैन’ लेखेका छन् ।
यसरी उनले हिंसा सबै रुपमा विषाक्त र विनाशकारी रहेको समेत उल्लेख गरेका छन् ।

 

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660