Uncategorized

बिहानै देखियो त्रिभुवन विमानस्थलमा राडारको समस्या

post-img

चैत्र १०, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको राडारमा समस्या देखिएपछि उडानहरू प्रभावित भएका छन् । बिहान ६ बजे राडारमा समस्या आएपछि उडान केही समय प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जनाए । राडारको समस्या देखिएपछि विमानस्थल कार्यालयले वैकल्पिक व्यवस्था गरेर उडान अवतरणको प्रयास गरेको थियो । अहिले भने समस्या समाधान भइसकेको छ ।
‘राडारको समस्यासँगै भिजिबिलिटी पनि कम देखिएका कारण उडान केही समय प्रभावित भएको हो,’ ठाकुरले भने ।
निजी वायुसेवा प्रदायक कम्पनीहरूले उडान प्रभावित भएको भन्दै उडानसम्बन्धी जानकारी मोबाइल एपबाट लिन अनुरोध गरेका थिए ।

 

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660