अन्तराष्ट्रिय

देशको अस्तित्वको खतरा भएमा आणविक हतियार प्रयोग गर्न सकिन्छः रुस

post-img

चैत्र ९, काठमाडौं । रुसले आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएको छ । युक्रेनसँग युद्ध चलिरहेको र अस्थित्वको खतरा आएमा रुसले आणविक हतियार प्रयोग गर्न सक्ने रुसी प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले चेतावनी दिएका हुन् ।
सीएनएन इन्टरनेसनलसँगको एक अन्तवार्तामा उनले भने, ‘हामीसँग घरेलु सुरक्षाको अवधारणा छ र यो सार्वजनिक छ । आणविक हतियार प्रयोग गर्न सक्ने सबै कारणहरु पढ्न सक्नुहुन्छ । तसर्थ, हाम्रो देशको अस्तित्वको खतरा भएमा हाम्रो अवधारणा अनुसार यसलाई प्रयोग गर्न सकिन्छ ।’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सन्दर्भमा आणविक विकल्प प्रयोग गर्दैनन् भन्नेमा ‘विश्वस्त’ हुनुहुन्छ भनेर सीएनएनद्वारा गरिएको प्रश्नमा पेस्कोभले उक्त उत्तर दिएका हुन् ।
युक्रेन हमलाका क्रममा रुसी सेनाले आम विनाशकारी हतियार प्रयोग गर्न सक्ने अमेरिकी नेतृत्वको पश्चिमा गठबन्धनहरुको त्रास छ । यसअघि पुटिनले राष्ट्रहरू विरुद्ध परमाणु हतियार प्रयोग गर्ने संकेत दिएका थिए । एजेन्सी

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660