अन्तराष्ट्रिय

रुसी हमलापछि ३५ लाख बढी युक्रेनीले देश छाडे

post-img

चैत्र ८, काठमाडौं । रुसले युक्रेनमा हमला गरेपछि युरोपमा दोस्रो विश्वयुद्धपछिकै खराब शरणार्थी संकट देखिएको छ ।
शरणार्थीका लागि राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले युक्रेनमाथि भएको रुसी हमलाका कारण ३५ लाखभन्दा बढी मानिसले युक्रेन छाडेको जनाएको छ । यूएनएचसीआरका अनुसार युक्रेनबाट शरणार्थीको रुपमा पोल्याण्ड छिर्नेको संख्या मात्रै २१ लाखभन्दा बढी छ भने रोमानिया प्रवेश गर्ने युक्रेनीहरूको संख्या झण्डै साढे पाँच लाख रहेको छ । यस्तै ३ लाख ६७ हजार ९१३ जना युद्धबाट बच्न मोल्दोभा गएका छन् । हंगेरी, रुस, बेलारुस र स्लोभाकिया पनि युक्रेनी शरणार्थीको आश्रय स्थल बनेको छ ।
यूएनएचसीआरले रुसमा शरण लिने युक्रेनीहरूको संख्या २ लाख ५२ हजार ३७६ रहेको बताएको छ ।
राष्ट्रसंघ, गैर(सरकारी संस्था र अन्य सम्बन्धित निकायले मिलेर शरणार्थीलाई आपतकालीन सहायता प्रदान गरिरहेको पनि कार्यालयले जनाएको छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660