अन्तराष्ट्रिय

चिनियाँ विदेशमन्त्री नेपाल आउँदै, प्रचण्ड र ओलीसँग पनि भेट्ने

post-img

चैत्र ७, काठमाडौं । चीनका विदेश मन्त्री एवम् स्टेट काउन्सेलर वाङ चैत ११ गते नेपाल आउने भएका छन् । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै वाङको तीनदिने भ्रमणको कार्यक्रम रहेको जनाएको हो ।
मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् भने वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यतालिका रहेको जनाएको छ ।
यस्तै वाङ र नेपाली समकक्षी डा नारायण खड्काबिच चैत १२ गते द्विपक्षीय वार्ता हुने बताइएको छ ।
वाङ चैत १३ गते स्वेदश फर्किनेछन् ।

 

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660