अन्तराष्ट्रिय

युक्रेनमाथि योजनाअनुसार नै हमला गरेका हौँः पुटिन

post-img

फागुन २०, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बिहीबार बताएका छन् । रसियाको सुरक्षा परिषदको एक बैठकमा पुटिनले भने, ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।’
‘रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौँ’ पुटिनले थपे । रुसको सीमा क्षेत्रमा पश्चिमाहरुबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसका कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको बताए ।
गत हप्तादेखि जारी रहेको रुसको हमला बिहीबार रातिसम्म पनि राजधानी युक्रेन र अन्य कतिपय सहरहरुमा जारी नै राखेको छ ।

 

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660