अन्तराष्ट्रिय

दक्षिणी बन्दरगाह सहर मारिउपोलमा सयौँ मानिसको ज्यान गएको आशंका

post-img

किभ । युक्रेनको दक्षिणी भागमा रहेको पहिलो प्रमुख सहर खेर्सन रुसी फौजको कब्जामा गएको छ ।

युक्रेनमाथिको रुसी आक्रमण आठौँ दिनमा प्रवेश गरेको छ । युक्रेनका उत्तर, पूर्व र दक्षिण भागका प्रमुख सहरहरूमा रुसी आक्रमण तीव्र हुँदै गइरहेको छ ।
एकजना प्रत्यक्षदर्शीले खिचेको भिडियोमा राजधानी किभमा बुधबार राति चार शक्तिशाली विस्फोटनका कारण प्रकाशमय भएको देखिन्छ ।
यता, रुसी र बेलारुसी एथ्लेटहरूलाई हिउँदे पारा ओलम्पिक्समा प्रतिबन्ध लगाइएको छ ।
संयुक्त राष्ट्रसंघले करिब दश लाख युक्रेनी भागेर छिमेकी मुलुकहरूमा शरण लिन पुगेको जनाएको छ । तीमध्ये पाँच लाख ७५ हजार युक्रेनी भागेर पोल्यान्ड पुगेको बताइएको छ ।
रुसले युक्रेनमा गरेको सम्भावित युुद्ध अपराधलाई लिएर अन्तर्राष्ट्रिय अदालतले अनुसन्धान सुरु गरेको छ ।
रुसी फौजद्वारा भएको घण्टौँ लामो आक्रमणपछि दक्षिणी बन्दरगाह सहर मारिउपोलमा सयौँ मानिसको ज्यान गएको आशंका गरिएको छ । बीबीसीबाट ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660