अन्तराष्ट्रिय

‘युक्रेनमा जारी मुक्ति अभियान किन आवश्यक छ भनेर’ रुसका बालबालिकालाई पढाइने

post-img

फागुन १९, काठमाडौं । रुसको शिक्षा मन्त्रालयले युक्रेनमा युद्ध गर्नु पर्नाको कारण एवं आवश्यकताबारे विद्यालयमा पढ्ने बालबालिकालाईे पढाउने घोषणा गरेको छ ।
भर्चुअल कक्षामार्फत् ‘युक्रेनमा जारी मुक्ति अभियान किन आवश्यक छ भनेर’ मन्त्रालयले रुसभरका विद्यालयमा पढ्ने बालबालिकालाई पढाउने घोषणा गरेको हो । बीबीसीका अनुसार मस्कोको स्थानीय समयानुसार बिहीबार १२ बजे भर्चुअल सिकाइ सुरु हुनेछ ।
भर्चुअल सिकाइमा सहभागी हुने बालबालिकालाई ‘नेटोका कारण आफ्नो मुलुकसामु देखिएको खतरा’ र ‘जनवादी गणतन्त्र डोनेट्स्क तथा लुहान्सकका सर्वसाधारणको सुरक्षाको पक्षमा रुस उभिनुको कारण’ बारे समेत पढाइने छ ।
यसबाहेक, शिक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा राखेको विज्ञप्तिमा बालबालिकालाई ‘हाल इन्टरनेटमा बाढी जस्तै बनिरहेको सूचना, तस्बिर एवं भिडियोको व्यापक प्रवाहबीच झूठबाट सत्यलाई कसरी छुट्याउने’ भनेरसमेत सिकाइने छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660