Uncategorized

मिस वल्र्ड २०२१को फाइनल भोलि, नेपालको जित्ने सम्भावना कति ?

post-img

पुस १, काठमाडौँ । विश्वको लोकप्रिय सुन्दरी प्रतियोगिता मिस वल्र्डको ७० औँ वार्षिकोत्सवको प्रतियोगिता पोएर्टोरिकोमा भइरहेको छ । मिस वल्र्ड २०२१को फाइनल पौष २ गते शुक्रबारका दिन नेपाली समय अनुसार बिहान ५ः४५ मा सुरु हुनेछ । यस वर्ष मिस वल्र्डको ताजका लागि करिब १०० देशका सुन्दरीहरु भिड्ने छन् ।


यस वर्षकी मिस नेपाल नम्रता श्रेष्ठको पनि मिस वल्र्ड जित्ने सम्भावना प्रबल रहेको छ । त्यसो त उनी हेड टु हेड जित्दै उत्कृष्ट ३०मा पर्न सफल भइसकेकी छिन् भने ब्युटी विथ अ पर्पोजको टप १०मा पर्न सफल भएकी छिन् । पहिलेका वर्षको जस्तो समर्थन नपाएको हुँदा उनले मल्टीमिडिया अवार्ड जित्नका लागि चाहिने भोट पनि पर्याप्त मात्रामा पाइरहेकी छैनन् । यस बाबजुद पनि यस वर्ष उनले आफ्नो देशको नाम राख्नका लागि कुनै कसुर छोडेकी छैनन् ।
सन् २०१८ र २०१९ का मिस नेपालहरुको उपलब्धी हेर्ने हो भने नेपालले हरेक वर्ष पहिलेको भन्दा राम्रो गर्दै आइरहेको छ । मिस वल्र्डमा २०१८ की मिस नेपालले २ वटा महत्वपूर्ण उपाधि हात पारेर उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन भने २०१९ की मिस नेपालले महत्वपूर्ण ३ उपाधि हात पारेर उत्कृष्ट १२ मा नै पर्न सफल भएकी थिइन । यस वर्ष भने नेपालले मिस वल्र्डको उपाधि नै हात पार्ने प्रबल सम्भावना रहेको छ । नम्रता श्रेष्ठले आफ्नो देशकोे नाम पक्कै पनि राख्नेछिन् ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660