Uncategorized

खनियापानी आहालडाँडामा तरकारी बाली अबलोकन

post-img

सुनापति, रामेछाप । तरकारी अभिभावक कृषि समूहको अगुवाई साहस नेपाल र साइलेन्ट नेटवर्क र सुनापति गापा वडा नं. ५ को वडा पालिका र गाउँपालिकाको संयुक्त आयोजनामा साइलेन्ट नेटवर्कको नेतृत्वमा तरकारी अभिभावक कृषि समूहको करेसावारी अवलोकन गरिएको छ । मंसिर १४ गते सुनापति गाउँपालिका वडा नं. ५ खनियापानी, आहालडाँडास्थिति कृषकहरुले लगाएका तरकारी खेती, बाख्रा, पालन, मौरी पालन लगायतको अवलोकन गरिएको हो ।

सो अवसरमा आहालडाँडास्थित आहालडाँडा उन्नत मौरी पालन, आहालडाँडा बाख्रा फर्म, अकबरे खुर्सानी, कागती, एबोकाडो, आलमन बदाम, बुद्धचित्त, रुद्राक्ष, सागसब्जी लगायतका करेसाबारी तरकारी खेतीको अबलोकन गरिएको थियो ।
अवलोकन कार्यक्रममा प्रशंसा राई, निता जोशी, सुभना श्रेष्ठ, विदेशी पाहुना शिल्के जाइगेट, हाकिमे यागेटक, अभिषेक थापाको टोलीलगायत रहनुभएको थियो । टोलीलाई स्थानीय आधारभूत विद्यालयका प्र.अ. बमबहादुर मानन्धरले सहजीकरण गर्नुभएको थियो ।

सो अवसरमा गोठे सुधार मल, मुत्र संकलन गरी तरकारी खेतीमा लगाउन र बढी भन्दा बढी लाभ लिने गरी तरकारी अभिभावक कृषि समूहलाई निर्देशन दिइएको छ । स्थानीय कृषकहरुले मौरी पालनबाट १७ लाख बार्षिक आम्दानी गरेको र अकबरे खुर्सानीबाट बालबालिकाहरुलाई पठनपाठनमा खर्च जुटाउन र इट्टा भट्टामा श्रम गर्न गएका बालबालिकाहरुलाई घर फर्काउन सफल भएका छन् ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660