Uncategorized

लाईसेन्स पाउने प्रतिक्षामा ६ लाख नेपाली

post-img

 

कार्तिक २९, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाईसेन्स)का लागि आवेदन बुझाएर परीक्षाको प्रतिक्षामा बस्नेको संख्या ६ लाख पुगेको छ । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको आवेदन लिने काम गत कात्तिक ८ मा खुलाएपछि झन्डै चार लाखले आवेदन बुझाएका छन् ।

पहिले नै आवेदन बुझाएर परीक्षाको प्रतीक्षामा बस्नेको संख्या दुई लाख भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
६ महिनापछि कात्तिकको दोस्रो साता आवेदन पुनः खुलाइएको भए पनि प्राविधिक कारणले बीचमा झण्डै चार दिन अवरुद्ध भएको थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660