मुख्य पोस्ट

जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

post-img

जनकपुरधाम, २७ बैशाख । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर–उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको मुद्दामा मेयर सुरेश साह, उपमेयर रौशन खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साथै उपभोक्ता समितिका पदाधिकारीलाई पनि प्रतिवादी कायम गरिएको छ । उनीहरुको मिलेमतोमा जलेश्वर नगरपालिका– १ स्थित हाटबजार क्षेत्रमा ०७९÷८० मा गरिएको पिसिसी ढलानका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरी भ्रष्टाचार गरेको उनीहरुमाथि आरोप छ । अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा ५ लाख ८४ हजार ६३७ रुपैयाँ विगो र कैद दावी गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैटौं धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी, सव(इन्जिनियर दीपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, वडा नम्बर १ का अध्यक्ष अनिलकुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषीदेवीलाई प्रतिवादी बनाएको हो ।

अख्तियारका अनुसार प्रमुख प्रशासकीय अधिकृत ढकाल र अधिकृत छैटौं झाले पीसीसी ढलान योजनाको वास्तविक भए गरेको भन्दा उपभोक्तालाई बढी भुक्तानी दिएका थिए । ५ लाख ८४ हजार ६३७ रुपैयाँ बढी भुक्तानी गरेको देखिएको भन्दै आयोगले सो बमोजिमको बिगो जरिवाना दाबी गरेको छ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660