मुख्य पोस्ट

उत्पादन र रोजगार केन्द्रित बजेट निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन

post-img

काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१÷८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जनताले सरकारबाट आशा गरेकाले उनीहरुको आशालाई पूरा गर्न गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन् । नीति कार्यक्रम र बजेट निर्माणमा दुईथरी दृष्टिकोण भएकाले चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने गरी काम गर्नुपर्ने बताए ।

बजेट निर्माणका क्रममा अर्थतन्त्र दबाबमा रहेकाले धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर लैजानु पर्ने दुृष्टिकोणलाई पछाडि धकेल्दै चुनौतिभित्रको अवसरलाई समातेर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरी दृष्टिकोण छन् । एउटा दृष्टिकोण छ,’अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जानुपर्छ । अर्को दृष्टिकोण छ, ‘चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ । त्यसैले नीति तथा कार्यक्रम र बजेटमार्फत केही नयाँ गरौँ भन्नेमा दृढ छु ।’

सरकारले केही नयाँ गर्दैछ भन्ने कुरा जनताले प्रष्ट देख्ने खालको बजेट आवश्यक भएको प्रधानमन्त्री प्रचण्डले बताए । यसका लागि सम्पूर्ण गृहकार्य गर्न र राजस्व बढाउने नयाँ कार्ययोजना सहित अगाडि बढ्न प्रधानमन्त्रीले निर्देशन दिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सङ्कटको बेला राज्यले हस्तक्षेप गरेरै भए पनि अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिँदै राज्यप्रति जनताको विश्वास बढ्ने अवस्था पनि यस्तै बेला भएकाले त्यसैले बजेटमा नयाँपन दिनुपर्ने बताए । त्यस्तै जुन आयोजनामा काम राम्रो भएको छ, खर्च गर्ने क्षमता पनि राम्रो छ, त्यस्तोलाई प्राथमिकता दिनुपर्ने भन्दै आयोजनाहरूको प्राथमिकीकरणको काम व्यवस्थित गर्न पनि प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660