मुख्य पोस्ट

बागलुङमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु, २० जना घाइते

post-img

बागलुङ, ५ चैत । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । अन्य २० जना घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

गाडीमा ३२ जना यात्रु थिए । बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएकाे छ ।

घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660