मुख्य पोस्ट

उदयपुर जीप दुर्घटना : मृतककाे संख्या आठ पुग्याे

post-img

काठमडौं, १ चैत । धरानबाट भोजपुर घोरेटारका लागि हिँडेको यात्रुवाहक जिप दुर्घटना हुँदा मृत्यु आठ जनाको मृत्यु भएको छ । को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको हो । ६ महिनो शिशुसहित घटनास्थलमा सातजनाको मृत्यु भएको र अर्का एक जनाको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२ वर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिए । किशन राईको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा थप नौ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको उद्धार गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । घाइतेको पनि विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660