राजनीति

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम

post-img

काठमाडौं, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पनि टुंगो लगाएको छ । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा वर्तमान सरकारमा सहभागी हुन लागेको रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ । सभापति लामिछाने यसअघि पनि उपप्रधान तथा गृहमन्त्री बनेका थिए भने उपसभापति अर्यालले पनि पुरानै मन्त्रालयको जिम्मा पाउने भएका हुन् ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660