मुख्य पोस्ट

बस दुर्घटना : सात जनाको मृत्यु, ३० जना घाइते

post-img

धादिङ, २३ फागुन । धादिङको गजुरी गाउँपालिका–५ घाटबेंसीमा आज भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

रुपन्देहीबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित दुर्घटना भएको हो । बस बुधबार बिहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी छ । त्यस्तै घटनामा अन्य ३० जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि काठमडौं पठाइएको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660