मनोरन्जन

कालिका माविका भूतपूर्व विद्यार्थीले अक्षयकोष स्थापना गर्ने

post-img

दोरम्वा–शैलुङ, रामेछाप । रामेछापको दोरम्वा–शैलुङ गाउँपालिका वडा नं. ६ मा रहेको कालिका माविका भूतपूर्व विद्यार्थीहरुले आफूले पढेको विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । कालिका माविमा अध्ययन गरेर २०६६ सालमा एसएलसी दिएका विद्यार्थीहरुले शनिबार भक्तपुरको घ्याम्पेडाँडामा आयोजना गरेको पिकनिक कार्यक्रममा उक्त घोषणा गरेका हुन् ।


२०५३ सालबाट एसएलसी परीक्षा दिन सुरु गरेको कालिका माविकै इतिहासमा २०६६ सालमा सबैभन्दा बढी विद्यार्थी एसएलसी पास भएका थिए । सो व्याजमा १३७ जना विद्यार्थीले एसएलसी दिएर उतीर्ण भएका थिए । कालिका माविलाई नमूना विद्यालय बनाउन सो व्याजका विद्यार्थीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसअघि २०६४ मा ९७ प्रतिशत र २०६५ सालमा शतप्रतिशत विद्यार्थी उतीर्ण भएको सोही विद्यालयका पूर्व प्रअ विष्णुप्रसाद गौतमले बताउनु भयो ।

कालिका माविमा अध्ययन गरी विभिन्न पेशा र व्यवसायमा संलग्न विद्यार्थीहरुले आयोजना गरेको पिकनिक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यशु चौलागाई पूर्व प्रअ विष्णुप्रसाद गौतम दोरम्बा–शैलुङ गाउँपालिका शिक्षा शाखा प्रमुख नेत्रप्रसाद गौतम, प्रअ यानप्रसाद ढुंगेललाई समेत निमन्त्रणा गरिएको थियो । कार्यक्रममा सोही विद्यालयमा अध्ययन गरेका र कलाकारिता क्षेत्रबाटै ख्याती कमाएका कलाकारहरुले सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा कालिका माविका सबै भूतपूर्व विद्यार्थीहरुलाई एकतावद्ध गराउने र विद्यालयको शैक्षिक, भौतिक उन्नतिका लागि विशेष अभियान सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरेको पूर्व प्रअ गौतमले रामेछाप पोष्टलाई बताउनु भयो ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660