मनोरन्जन

पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति

post-img

काठमाडौं, ३० मंसिर । अभिनेता पल शाह (पूर्णविक्रम शाह)विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्च अदालतले अनुमति दिएको छ । बलात्कार अभियोगमा सफलाई पाएका शाहको विरुद्धमा महान्यायाधिवक्ताको कार्यालयले सो फैसला दोहोर्याएर हेर्न पाउँ भनि निवदेन दिएको सुनुवाई गर्दै सर्वोच्चले अनुमति दिएको हो ।

न्याधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मंसिर २२ गेतको संयुक्त इजलासले शाहविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको हो । यसअघि उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको थियो ।

अभिनेता शाहले बलात्कार गरेको भन्दै एक नाबालिगले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुरमा जाहेरी दिएकी थिइन् । जबरजस्तीकरणी मुद्दामा लामै समय पूर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालतबाट सफाई पाएपछि पुन चलचित्रको दुनियाँमा फर्किएका थिए ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660