खेलकुद

मुख्यमन्त्री कोहलपुर गोल्डकपको सम्पूर्ण तयारी पुरा

post-img

कोहलपुर, १५ कात्तिक । कोहलपुर नगरपालिका २ स्थित तेह्र विगाहमा कार्तिक १५ देखि २२ गतेसम्म कोहलपुरमा सञ्चालन हुने ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को सम्पूर्ण तयारी पुरा भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारा सहित सञ्चालन हुन लागेको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को तयारी पुरा भएको खेल संयोजक राम बहादुर मल्लले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा अस्थाई घुम्ति शौचालय, पिउने पानीको, बृद्ध तथा अपाङ्गहरुको लागि छुट्टै बसाई व्यवस्थापन गरीएको र प्रत्येक खेलाडि ५ लाखको विमा पनि गरिएको संयोजक मल्लले बताए । त्यस्तै राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेश सदस्य सचिव जय प्रसाद भट्टराईले प्रतियोगिता अवधिभर राष्ट्रिय खेलकुद परिषद्को नियमन अनुसार नै खेल सञ्चालन हुने बताए । खेलका लागि आवश्यक कम्पाण्ड, फिल्ड, मञ्च व्यवस्थापन लगायतका सम्पूर्ण काम पुरा भएको फिल्ड तथा मञ्च व्यवस्थापन समिति संयोजक इन्द्र गुरुङ्गले बताए ।
झण्डै ३ हजार दर्शकले खेल अवलोकन गर्न मिल्ने गरी प्याराफिट निर्माण भएको र सो ग्राउण्डमा करिब ५ हजारदेखि ८ हजारसम्म दर्शकले गोल्ड कपको अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

खेलको पहिलो दिन आयोजक र चर्च व्वाईज विच प्रतिस्पर्धा हुनेछ । अपराह्न २ बजेबाट खेल सुरु हुनेछ ।
प्रतियोगितामा अफ्रिकन राष्ट्र क्यामरुन, विभागिय क्लब सहित ए डिभिजनका ८ वटा क्लबहरु सहभागि हुनेछन् । जसमा चर्च व्वाईज यूनाईटेड काठमाण्डौं, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदुरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, एभिनियर एफ.सि. क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागि हुनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाख सहित ट्रफि रहेको छ ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660