प्रवास

नेपाली महिलाको हत्या गर्ने पूर्वसैनिकलाई ७ वटा जन्मकैद

post-img

काठमाडौं । पाँच विदेशी महिला र दुई बालबालिकाको नियतवश हत्या गरेको अभियोगमा ग्रिसेली मूलका साइप्रसका एक सैन्य अधिकृतलाई दोषी ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

उनले हत्या गरेकामध्ये एक महिला नेपाली नागरिक थिइन् । उनले हत्या गरेका दुई बच्चा छदेखि आठ वर्षका थिए । नेपाली महिलाको नाम अस्मिता खड्का बिष्ट भएको बताइएको छ । उनको गत वर्ष हत्या भएको थियो ।

अदालतले आफ्नो आदेश सुनाउनुभन्दा अघि ३५ वर्षीय निकोस मेटाक्सासले हत्या र अपहरणसम्बन्धी १२ वटा अभियोग स्वीकार गरेका थिए । घटनाहरू सेप्टेम्बर २०१६ देखि अगस्ट २०१८ सम्म भएको बीबीसीले लेखेको छ ।

समाचार अनुसार अदालतभित्र बुलेटप्रुफ भेस्ट लगाएर उपस्थित भएका उनलाई त्यहाँको न्यायप्रणालीले अहिलेसम्मकै सबैभन्दा कठोर सजाय सुनाएको हो । साइप्रसमा आजीवन कारावास २५ वर्ष लामो हुन्छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ३० वर्षीया अस्मिता खड्का बिष्ट घरायसी कामदारका रूपमा साइप्रस गएकी थिइन् । उनलाई सन् २०१८ को जुलाई‌मा अन्तिम पटक जुलाईमा देखिएको बताइएको छ। त्यतिबेला उनलाई निकोसियामा एउटा सेतो कारमा चढेको देखिएको थियो । गत वर्ष उनी आफ्नो काम छोडेर नयाँ कामको खोजीमा भएको बताइएको छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660