काठमाडौं, २५ असोज । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध लागेको बालिका जबरजस्ती करणीको मुद्दाको सुनुवाइ आज पनि स्थगित बनेको छ । जिल्ला अदालतमा गोला प्रक्रियाकाबाट लामिछानेको मुद्दा स्थगित भएको जनाएको छ ।
सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्रयाक) बाट प्रक्रिया अगाडि बढाई छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो ।
सर्वाेच्चको उक्त आदेश भएको सात महिना वितिसक्दा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।