शिक्षा

अन्तरिक्षमा पर्यटक लैजाने विमानको यसरी गरियो उडान परीक्षण

post-img

काठमाडौं । अमेरिकी कम्पनी स्पेस एक्सले आफ्नो पूर्वघोषणाबमोजिम अन्तरिक्षमा मानव पर्यटक लैजान तयार पारेको विमानको परीक्षण उडान गरेको छ ।

अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षमा मानव पर्यटक ओसार्ने कम्पनीको लक्ष्य छ । यो परीक्षण उडान मात्रै भएकाले यसमा कुनै पनि मानव थिएनन् ।

रिप्ले नाम दिइएको मानव आकृतीलाई अन्तरिक्ष यात्रीले लगाउने जस्तो पोशाक लगाइएको छ, भने यसमा प्रसस्त सेन्सर जडान गरिएको छ ।मानव अन्तरिक्षमा जाँदा उनीहरुले भोग्ने चापलगायत विभिन्न तथ्याङकहरु यी सेन्सरबाट संकलन गर्ने योजना छ ।

अमेरिकाको क्यालिफोर्नीयामा अवस्थित कम्पनी स्पेस एक्सका लागि छोटो अवधीमा यो ठूलो सफलता मानिएको छ ।पेसाले प्रविधि उद्यमी एलन मस्कले मानवलाई अन्तरीक्षमा लैजाने यो कम्पनी स्थापना गरेका थिए ।

अहिले जसरी काम भए अमेरिकी अन्तरीक्षसम्बन्धी निकायले यो प्रणालीलाई नियमितरुपमा अन्तरीक्षमा मानव पर्यटक लैजान यो बर्षको अन्त्यतिर स्वीकृति दिने अनुमान गरिएको छ ।स्पेस एक्सका संस्थापक एलन मस्कले यो कदम अन्तरीक्षमा व्यवसायीक रुपमा मानव ग्राहक लैजान पहिलो हुने बताए ।

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कृषि उत्पादनमा लगाइँदै आएको अतिरिक्त कर हटाउन चीनसमक्ष आग्रह गरेका छन् ।ट्वीटमार्फत् ट्रम्पले व्यापरिक वार्ता सही दिशामा अघि बढिरहेकाले अतिरिक्त कर हटाउन अनुरोध गरेको बताएका छन् ।

यसैलेपनि अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमा यही मार्चबाट नयाँ अतिरिक्त शुल्क लगाउन ढिलाइ गरिरहेका छन् ।ट्रम्पले गत महिनापनि चीनसित नयाँ व्यापारिक सम्झौताको निकै नजिक पुगेको भन्दै वासिङ्टन सम्मेलनपछि ठोस प्रगतिहरु भइरहेको बताए ।

यसअघि भने अमेरिकाले चिनियाँ सामानमा २५० करोड डलर बराबरको अतिरिक्त कर लगाएको थियो ।प्रतिक्रियास्वरुप चीनले पनि अमेरिकी वस्तुको आयातमा ११० करोड डलर बराबरको अतिरिक्त कर लगाउँदै आर्थिक इतिहासमै अमेरिकाले ठूलो व्यापरिक युद्ध सुरु गरेको आरोप लगाएको थियो

मेरिका र दक्षिण कोरियाले बृहत संयुक्त सैन्य अभ्यास अन्त्य गर्ने निर्णय गरेका छन् ।दुई मुलुकका रक्षामन्त्रीहरुबीचको कुराकानीपछि यस्तो सहमति भएपनि यो स्थायी हो वा होइन भन्ने स्पष्ट भैसकेको छैन ।तर सानो तहमा भने संयुक्त सैन्य अभ्यास जारी रहने छ ।

यस्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा पहिलो वार्ता भएयता अमेरिका र दक्षिण कोरियाले धेरैपटक संयुक्त सैन्य अभ्यास स्थगित गरिसकेका छन् ।

उत्तर कोरियाले यस्ता सैन्य अभ्यास आफु प्रति लक्षित रहेको भन्दै यसको विरोध गर्दै आएको छ ।अदक्षिण कोरियामा करिब ३० हजार अमेरिकी सेना तैनाथ छन्

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660