मुख्य पोस्ट

ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक, ६ हजार उत्तीर्ण

post-img

काठमाडौं, २८ चैत । ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलकतर्फका लागि लिइएको परिक्षाको नतिजा सार्वजनिक भएको छ । जसमा उत्पादनमुलकतर्फ पहिलो चरणको भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

गत ७ फागुनदेखि २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० मध्येमा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

पहिलो चरणको परीक्षामा पास भएकाहरूले २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा दिनुपर्ने वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले जनाएको छ ।

‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरू कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत हुने विभागले जनाएको छ।

उत्तीर्ण परीक्षार्थीलाई राहदानी र प्रवेश पत्रसहित तोकिएको मिति, स्थान र सममयमा उपस्थित हुन ईपीएस कोरिया शाखाले भनेको छ।

उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा ३१ वैशाखदेखि १६ साउन २०८१ सम्म हुँदैछ। त्यस्तै तेस्रो चरणको परीक्षा २६ कात्तिकदेखि २ पुस २०८१ सम्म हुने तालिका छ ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660