अन्तराष्ट्रिय

भारतमा गर्मीका कारण ६ जनाकाे ज्यान गयाे

post-img

एजेन्सी, १६ जेठ । भारतको पश्चिमी राज्य राजस्थानमा उच्च तापक्रमका कारण ६ जनाको ज्यान गएको छ । गर्मीका कारण चार हजार जनाभन्दा बढी बिरामी भएका छन् ।
त्यहाँको तापक्रम यतिबेला ४९ डिग्री सेल्सियस पुगेपछि ‘हिट स्ट्रोक’ भएर ज्यान गुमाउने र अस्पतालमा आउने बिरामीको सङ्ख्या बढेको बीबीसीले जनाएको छ ।

उच्च गर्मीका कारण मानिसको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ । भारतको दिल्ली, राजस्थान, पञ्जाब, हरियाना, उत्तर प्रदेश लगायतका ठाउँको तापक्रम झण्डै ५० डिग्री सेल्सियससम्म पुगेको थियो ।

भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्र सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मौसम विभागले पहिले नै मानिसलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिएको थियो ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660