मनोरन्जन

गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने

post-img

काठमाडौं, २७ माघ । काठमाडौंको चाविहिलस्थित गोपीकृष्ण सिनेमा हल यही फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले एक विज्ञप्ति जारी गर्दै हल बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

कोरोनाकालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नुपरेको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीका कारण हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जानकारी दिएका छन् ।

चलचित्रकर्मी, हाल राप्रपा नेता उद्धव पौडेलको अगुवाइमा यो हल २०५२ सालमा स्थापना भएको थियो ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660