एजेन्सी, २४ माघ । हेमा मालिनी र धर्मेन्द्रकी छोरी इशा देओलले भरत तख्तानीसँग सम्बन्ध विच्छेद गरेकी छन् । बलिउड अभिनेत्री इशा र पति भरत तख्तानी लामो समयदेखि अलग बस्दै आएका थिए ।
लामो समयदेखि लामो समयदेखि कुनै पार्टी वा कार्यक्रममा सँगै नदेखिएका उनीहरुले सहमतिमै डिबोर्स गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
इशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए। उनीहरूको दुई छोरी राध्या र मियारा छन्।