मनोरन्जन

पुनः सम्पादन गरिएको ‘रङ्गेली’ आजबाट प्रदर्शनमा

post-img

काठमाडौं, २८ फागुन । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘रङ्गेली’मा केही सम्पादन गरी छोट्याइएर आजबाट प्रदर्शन गरिएको छ । पुनः सम्पादन गरेर ‘रङ्गेली’को लम्बाई घटाइएको छ । आजबाट दर्शकले केही छोट्ट्याइको ‘रङ्गेली’ हेर्न पाउने भएका छन् ।

यसअघि २ घण्टा ५१ मिनेट लम्बाईसहित हलमा रिलिज भएको यो चलचित्र आजदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शन हुनेछ ।

चलचित्रका निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुरूप नै चलचित्र लम्बाई घटाइएको बताएका छन् । उनका अनुसार चलचित्र २१ मिनेट घटाइएको छ । ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायत कलाकारको प्रमुख भूमिका रहेको छ ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660