मनोरन्जन

‘डिग्री माइला’को आक्रमक व्यापार

post-img

काठमाडौं, १ बैशाख । नयाँ वर्षको अवसर पारेर हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले आक्रमक व्यापार गर्न सफल भएको छ । पहिलो दिन देशभरका २ सय बढी शोजमा ८० प्रतिशत अकुपेन्सी कायम गरेको यस फिल्मले वक्स अफिसमा आफ्नो प्रभाव देखाउन थालेको छ । ‘कबड्डी’ समूहको फिल्म ‘डिग्री माइला’ले शनिबार नयाँ वर्ष परेको हुँदा उपलब्ध शोजमा बिहानैदेखि उच्च अकुपेन्सी देखिएको छ । फिल्मको बुकिङ र ‘डोर सेल’ दुवै राम्रो देखिन्छ ।

रामबाबु गरुङको निर्देशनमा बनेको फिल्मले एक शिक्षित माइला पात्रको कथा भन्छ, जसलाई आफूप्रति अहंकार र घमण्ड छ ।

देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहित काठमाडौंका प्रायः हलमा शनिबार फिल्मलाई उपलब्ध अधिकांश शोज हाउसफुल भए । मोफसलका हलमा पनि फिल्मको क्रेज राम्रो देखिएको छ । यसरी हेर्दा नयाँ वर्षमा मात्र फिल्मको व्यापार डेढ करोडमाथि हुने सम्भावना देखिन्छ ।

फिल्म प्रदर्शनमा आएसँगै अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मासहितका कलाकारहरुले हल पुगेर दर्शकसँग साक्षात्कार प्रतिक्रिया बुझ्दै थिए । फिल्म हेरेर हलबाट निस्किएका दर्शकहरुले फिल्मको तारिफ गरिरहेका छन् ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660