मनोरन्जन

मिस तामाङको उपाधि रियालाई

post-img

काठमाडौं, १३ फाल्गुन । मिस तामाङ २०२४ को उपाधि रिया तामाङले जित्न सफल भएकी छिन् । मम्स इन्टरनेशनलले आयोजाना गरेको मिस तामाङ १६ औं संस्करणमा ‘मिस तामाङ २०२४’को विजेता रिया बनेकी हुन् ।

शनिवार राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा १४ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनी विजेता बनिन् । उनलाई मिस तामाङ २०२३ की विजेता पासाङयाङ्जी तामाङले ताज पहिरिदिएकी थिएकी थिइन् । त्यस्तै फस्ट रनर अप स्मृति योन्जन, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा भएकी छन । मिस तामाङ विजेताले नगद १ लाख, फस्ट रनर अफले ५० हजार, सेकेन्ड रनर अफले ३० हजार रुपैयाँको पुरस्कार, क्राउन र गिफ्ट ह्याम्पर पाएका छनु् । फस्ट रनरअफ स्मृतिले मल्टिमिडिया टाइटल समेत जित्न सफल भएकी छिन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा गायक प्रदिप बमजन‚ तामाङ चलचित्र संघ नेपालका अध्यक्ष एवं अभिनेता कुमार मोक्तान, पूर्व मिस तामाङ सुमी मोक्तान, सञ्चारकर्र्मी गंगा घिसिङ लगायत रहेका थिए ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660