प्रवास

इटालीमा बस्ने नेपालीहरु भन्छन् : यहाँको जस्तो गल्ती नेपालमा नहोस्

post-img

चैत १६, काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट युरोपेली मुलुक इटाली सबैभन्दा बढी प्रभावित भएको छ । इटालीमा यो रोगका संक्रमितहरु ९२ हजार पुगेका छन् भने यस रोगबाट मर्नेको संख्या १० हजार बढी भइसकेको छ । फेब्रुअरी १६ मा जम्मा दुई जनामा देखिएको यो भाइरस यतिछिटो फैलियो कि त्यसबाट इटाली अस्तव्यस्त नै हुनपुगेको छ ।

इटालीको यो अवस्था प्रत्यक्ष देखेका र इटालीमै बसोबास गर्ने नेपालीहरुले इटाली सरकारले बेलैमा कोरोना भाइरस विरुद्ध अभियान चाल्न नसकेको र सरकारले जुन बेला रोकथामका निम्ति कदम चाल्यो, उक्त कमदप्रति नागरिकहरुले बेवास्ता गरेकै कारण इटालीले यो महामारीमा ठूलो क्षति भोग्नुपरेको त्यहाँ बसोबास गर्ने नेपालीहरुले बताउन थालेका छन् । उनीहरु एकसाथ भन्छन् यहाँ जस्तो गल्ती नेपालमा नहोस् ।

यहाँको घटनाबाट पाठ सिकेर नेपाल र नेपाली जनताले सचेतना अपनाउन आवश्यक रहेको इटालीको मान्तोवामा बस्ने महेन्द्रनगरकी गोमा खरेलले बताउनु भयो । त्यसैगरी चितवन घर भएका र इटालीको लेनियानोमा बस्ने विजय भुसाल र भारजी इटालीमा बस्ने बुटवलका बाबुराम श्रेष्ठले नेपालीहरुलाई सतर्क रहन र निश्चित अवधि एकान्तवास बस्न विशेष आग्रह गर्नुभएको छ । यसले कोरोना भाइरस संक्रमणबाट आफू र आफ्नो परिवार मात्रै होइन सिंगो नेपाली जनता नै जोगिन सक्ने भएकाले सचेत रहन र केही समयका लागि घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660