विचार

सबै रंगशाला अलपत्र अवस्थामा, कुन रंगशाला बन्ला त्रि.वि मैदानको व्याथा बुझ्ने विकल्प ?

post-img

असोज १३, काठमाडौं । नेपालको एकमात्र अन्तराष्ट्रिय क्रिकेट मैदान जसले वर्षौ देखि नेपालका राष्ट्रिय र अन्तराष्ट्रिय खेलहरु आयोजना गर्दै आएको त्रि.वि क्रिकेट मैदानले हाल ईपिएलको चौथो संस्करणका खेलहरु आयोजना गरिरहेको छ तर विगतका २–३ दिन वर्षाका कारणले मैदानको कम्जोर ड्रेनेज प्रणालीले गर्दा खेलहरु हुन सकिरहेको छैन । यस्तोमा न त यो मैदानको कुनै विकल्प छ न त आउटफिल्डमा जमेको पानी राम्ररी सोस्ने उच्चतम प्रविधि । खेलहरु खेल्न पाइएला कि भनेर बसिरेहेका देशी तथा विदेशी खेलाडीहरु भने आसै मात्र गरेर बसेका छन् ।

हुन त नेपालमा क्रिकेट रंगशालाको निर्माण नगरिएको पनि होइन तर निर्माण थालनी भएको केही समय पछि सबै रंगशालाहरुको काम अलपत्र परेका छन् । काठमाडौंको मूलपानीमा सन् २००७ देखि निर्माण थालिएको मूलपानी क्रिकेट रंगशालाको हालसम्म उल्लेखनिय प्रगति भएको देख्न पाइएको छैन । र अझै पनि काम अलपत्र परेको हुँदा कहिले यो रंगशाला बन्ने हो भन्नको टुंगो समेत छैन । एउटा रंगशाला निर्माण थालिएको १४ वर्ष सम्म पनि निर्माण कार्य नसकिनु भनेको कतिको लज्जास्पद विषय हो यो हामीले मनन गर्न सक्छौँ । अर्कातिर २०१४ मा निर्माण थालिएको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानको कार्य पनि कहिले सम्पन्न हुन्छ भन्ने टुंगो छैन ।

यी सबै निराशाका बीच सन् २०१९ मा धुर्मुस सुन्तली फाउन्डेशनले भरतपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरेपछि सम्पूर्ण क्रिकेट प्रेमीको निराशा आशामा बदलिएको थियो तर अहिले फाउन्डेशन ऋणमा डुबरे ३५ प्रतिशत निर्माण कार्य सम्पन्न भइ सकेको अवस्थामा निर्माण अवरुद्ध भएको छ । यी सबै कुरालाई मध्यनजर गर्दै नेपाल सरकारले एउटा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला शिघ्रातिसिघ्र निर्माण गर्नैपर्छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660