मुख्य पोस्ट

कालिका मा.वि.मा बहुउद्देश्यीय भवन बनाउन सहयोग गर्ने प्रदेश सांसद चौलागाईको प्रतिवद्धता

post-img

दोरम्वा÷शैलुङ, रामेछाप । रामेछापको दोरम्वा–शैलुङ गाउँपालिका वडा नं. ६ मा रहेको कालिका माध्यमिक विद्यालयमा बहुउद्देश्यीय भवन बनाउन यसै वर्षको बजेटमार्फत सहयोग गर्ने रामेछापको प्रदेशसभा २ बाट निर्वाचित सांसद युवराज चौलागाईले प्रतिवद्धता जाहेर गर्नुभएको छ । सोही विद्यालयको गत जेठ २ गते आयोजित वार्षिक उत्सव तथा अभिभावक मिलन समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थित चौलागाईले सो प्रतिवद्धता जाहेर गर्नुभएको हो ।

प्रदेश सांसद चौलागाईको प्रमुख आतित्थ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यशु चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक नोकर्णप्रसाद अधिकारी, शिक्षक माधवप्रसाद गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालयका प्रधानध्यापक यानप्रसाद ढुंगेलले विद्यालयले तयार पारेको कार्यपत्र पढेर सुनाउँदै प्रमुख अतिथि चौलागाईलाई मागपत्रका रुपमा समेत प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा विद्यालयले बार्षिक कार्यक्रममा विभिन्न कार्यक्रमहरु गरेको थियो । विद्यालय गरेको कार्यक्रमका गतिविधिहरु बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

१. विज्ञान प्रदर्शनी र उत्कृष्ट प्रदर्शनी गर्ने छात्रछात्राहरूलाई पुरस्कृत,
२. ड्रइङ प्रदर्शनी र उत्कृष्ट ड्रइङ गर्ने छात्र छात्रहरूलाई पुरस्कार,
३. भित्तेपत्रिका प्रमुख अतिथिको हातबाट उद्घाटन,
४. उत्कृष्ट भलिबल खेल प्रदर्शनी गर्ने छात्र÷छात्रा खेलाडीहरूलाई पुरस्कृत,
५.यस विद्यालयको ६४औं वार्षिक उत्सवको अवसरमा एसएलसी व्याजी २०६६ ले रत्न देवकोटाको अध्यक्षतामा ११ जनाको कार्य समिति बनाई कल्याणकारी कोष निर्माण गरी यस विद्यालयमा अध्ययनरत १३ जना गरिब, जेहेन्दार, अपाङ्ग र उत्कृष्ट सिकाई उपलब्धि भएका विद्यार्थी छनौट गरी वार्षिक रुपमा अध्ययन गर्न लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा,
६. शैक्षिक सत्र २०७९ मा एसइई र विएलईमा पालिकामा उत्कृष्ट नतिजासहित पुरस्कृत हुने शिक्षक तथा विद्यार्थीहरूलाई नगद पुरस्कार र सम्मानपत्रसहित सम्मान,
७. यस विद्यालयमा अध्यापन गरी विभित्र क्षेत्रमा रहनुभएका पूर्व शिक्षकहरूलाई सम्मान,
८. यस विद्यालयमा विभित्र शैक्षिक वर्षहरूमा अध्ययन गरेर विभित्र विश्वविद्यालयबाट विभित्र विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका व्यक्तित्वहरूलाई सम्मान,
९. यस विद्यालयमा विभित्र शैक्षिक वर्षहरूमा अध्ययन गरेर सांगीतिक क्षेत्रमा योगदान पु¥याउने संगीतकर्मीहरूलाई सम्मान,
१०. यस विद्यालयमा विभित्र शैक्षिक वर्षहरूमा अध्ययन गरेर खेल क्षेत्रमा योगदान पु¥याउने खेलाडीहरूलाई सम्मान,
११. विगत वर्षहरूमा विद्यालयलाई चन्दा उपलब्ध गराउनुहुने सम्पूर्ण चन्दादाताहरू, जग्गादाताहरू, विद्यार्थीहरू, शिक्षकहरू, अक्षयकोष सञ्चालकहरू, वि.व्य.स.अध्यक्षहरू, शिक्षक अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीहरूको नामावलीसहित विद्यालयको गुरुयोजना समीक्षात्मक प्रतिवेदन सार्वजनिक,
१२. शैक्षिक वर्ष २०८० मा कक्षा १ देखि कक्षा १० सम्म उत्कृष्ट नतिजा हासिल गरेका छात्र छात्राहरूलाई पुरस्कार वितरण,
१३. शैक्षिक वर्ष २०८० को छात्रवृत्ति वितरण,
१४. विद्यालयका संस्थापक योगनाथ चौलाागाईं र मोहमाया चौलागाईं स्मृति अक्षय कोष अध्यक्ष यशुप्रसाद चौलागाईंले स्थापना गरी यस विद्यालयबाट कक्षा १२ सिभिल इन्जिनियरिङ उत्तीर्ण गरी विभित्र विश्वविद्यालयहरूमा प्राविधिक ब्याचलर अफ इन्जिनियरिङ अध्ययन गरिरहेका चार जना छात्रछात्राहरूलाई जनही रु १५,०००।– (अक्षेरुपी रू पन्ध्र हजार) का दरले छात्रवृत्ति वितरण,
१५. विद्यालयलाई विभित्र विधामा सहयोग पु¥याउनुहुने आदरणीय व्यक्तित्व, रङ्गीन प्रिन्टर उपलब्ध गराउनुहुने लालबहादुर थापा, टेलिभिजन उपलब्ध गराउनुहुने सुरेश गौतम र बाबुराम कार्की, स्टेशनरी सामग्री उपलब्ध गराउनुहुने याममाया मोक्तान, विद्यालयलाई विभित्र समयमा सहयोग पु¥याउनुहुने सम्पूर्ण विद्यार्थीहरू र शिक्षकहरूलाई ब्याग वितरण गर्नु हुने राजेन्द्र गौतम, स्टेशनरी उपलब्ध गराउनुहुने कपिल गौतम, सन्तोष गौतम, सोमबहादुर तामाङ र गणित रत्न अक्षय कोषको अध्यक्ष खीरेन्द्रराज मोक्तान र सोमप्रसाद ढुंगेल स्मृति अक्षयकोष सञ्चालकहरू कमलप्रसाद ढुंगेल र विदुर ढुंगेललाई सम्मान,
१६. कोभिड १९ को समयमा सेनिटाइजर र मास्क उपलब्ध गराउनुहुने प्रगतिशील युवा समाजका सुशील चौलागाईंलाई सम्मान,
१७. विद्यालयमा शिक्षकहरूलाई नियमित उपस्थित गराएर गुणस्तरीय शिक्षा प्रदान गर्न प्रोत्साहन गर्ने उद्देश्यले आफ्नो क्याबि र पर्वविदा सञ्चित गर्ने शिक्षकहरूलाई नगद पुरस्कारसहित सम्मान,
१८. विद्यालयबाट पालिकामा उत्कृष्ट नतिजा ल्याएका विषयगत शिक्षकहरू सम्पूर्णलाई नगद पुरस्कारसहित सम्मान,
१९. विगत चार वर्षदेखि विद्यालयमा माध्यमिक तह इन्चार्ज भएर कार्य गरिरहनुभएका मावि अंग्रेजी विषय शिक्षक योगलाल गौतम सरको बिदाइ,
२०. विद्यालयको भौतिक पूर्वाधारमा डिपिआर गर्न आर्थिक सहयोग उपलब्ध गराउनु हुने आदरणीय रामसुन्दर बकेलाई सम्मान गरी विद्यालयसँग शैक्षिक, आर्थिक, भौतिक लगायत विषयवस्तु सुधारका लागि सल्लाहकारमा नियुक्त,
२१. सम्पूर्ण अभिभावकहरूको प्रतिनिधित्व गर्दै वडा नम्बर ६ का महिला समूहबाट गायन प्रस्तुति र कलाकारहरूलाई विद्यालयबाट सम्मान,
२२. विद्यालयका पूर्व विद्यार्थी तथा कलाकार नवीन गौतमद्वारा सानदार नृत्य प्रस्तुत गरी कार्यक्रमको शोभा वृद्धि,
२३) आधारभूत तह ६–८ हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट नतिजा हासिल गर्ने छात्र छात्राहरूलाई पुरस्कार वितरण,
२४) आधारभूत तह १–५,१–३ स्पेलिङ कन्टेस्ट कार्यक्रम सञ्चालन गरी उत्कृष्ट नतिजा हासिल गर्ने छात्र छात्राहरूलाई पुरस्कार वितरण,
२५) माध्यमिक तह कक्षा ९–१२ मा वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने छात्र छात्राहरूलाई पुरस्कार वितरण,
२६) गायन र नृत्य प्रतियोगिता आधारभूत तह कक्षा (१–८) र माध्यमिक तह कक्षा (९–१२) सञ्चालन गरी उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रहरूलाइ पुरस्कार वितरण,
२७. अन्त्यमा विभित्र वक्ताहरूले वार्षिक उत्सव कार्यहरूको सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथिले विद्यालयको प्र.अ. यानप्रसाद ढुङ्गेलद्वारा हस्तान्तरित ज्ञापनपत्रको माग पूरा गर्ने सन्दर्भमा बहुयद्देश्यीय भवन यसै वर्षको बजेटमा राख्नेप्रतिबद्घता व्यक्त गर्नुका साथै वि.व्य.स. अध्यक्ष यशुप्रसाद चौलागाईंले आफ्नो मन्तव्यसहित कार्यक्रम समापन गर्नुभएको थियो ।

तस्वीरमा हेर्नुहोस् थप गतिविधिहरु :

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660