प्रवास

नेपाली समाजमा विद्यमान गरिवी र यसका प्रमुख कारणहरु

post-img

नेपाल हिमाली परिदृश्य र विविध जातीय संस्कृतिको प्रतिनिधित्व गर्ने सानो एवं सुन्दर देश हो । तर यदि तपाईं कुनै विदेशी नागरिकसँग नेपालको बारेमा सामान्य जानकारी लिनको लागि प्रयास गर्नुहुन्छ भने सम्भवतः तपाईले पहिलो उत्तर पाउनुहुने छ कि ‘नेपाल संसारकै सबभन्दा गरीब भएको र कम विकसित देशहरूमध्ये एक हो ।’ तथ्यले उस्तै संकेत गर्दछ । नेपालमा एककिलो चामल किन्नको लागि पर्याप्त पैसा कमाउन ३ घण्टा २१ मिनेट, एकलिटर दूधको लागि ४ घण्टा २६ मिनेट, एककिलो चिनीको लागि ४ घण्टा ५२ मिनेट र एक लिटर खाना पकाउने तेलको लागि १० घण्टा भन्दा बढी श्रम गर्नुपर्छ । त्यसैगरी रंगिन टिभी खरिदको लागि १,२५८ घण्टा, साइकल खरिदको लागि ४३६ घण्टाको तपाईंको श्रम लाग्नेछ ।

यसले के देखाउँछ भने अझै पनि, लाखौं मानिसहरू नेपालमा चरम गरिवीमा बाँचिरहेका छन, आधारभूत आवश्यकता परिपूर्ति गर्न संघर्षरत छन, जसमध्ये अधिकांश ग्रामीण क्षेत्रमा रहेका छन् । यसो हुनुमा दशकौंको राजनीतिक अस्थिरताका साथै राणा र शाह राजाहरूजस्ता दमनकारी शासकहरू मुख्य जिम्मेवार छन् । माओवादी जनयुद्धको क्रममा भएका विभिन्न ध्वंशात्मक गतिविधि र मानिसहरुको आन्तरिक विस्थापनले पनि नेपालको अर्थतन्त्रमा नराम्रो असर परेको बुझिन्छ । धेरैको विश्वास छ कि नेपालको राजनीतिमा भारतको हस्तक्षेप र नेपाली नोकरशाहीमा व्याप्त भ्रष्टाचार पनि नेपालको गरीवी बढाउनका लागि मुख्य जिम्मेवार मानिन्छ ।

नेपालमा करीव ७५ प्रतिशत जनसंख्या गाउँहरूमा बसोबास गर्दछ, र कृषिलाई जीवन निर्वाहको मुख्य स्रोतको रूपमा लिदै आएका छन् । कुल गरीव मध्ये ७५ प्रतिशत ग्रामीण क्षेत्रमा बसोबास गर्छन् । सहरी क्षेत्रमा गरीवीको संख्या करीव २३ प्रतिशत छ जुन ग्रामीण क्षेत्रको तुलनामा उल्लेखनीय रूपमा कम छ । त्यस्तै भनिदै आएको तल्लो जातका, आदिवासी समुदाय र महिलाहरू अरुको तुलनामा गरीवीबाट बढी ग्रस्त छन् । यो नेपालको कटु वास्तविकता हो कि बहुसंख्यक व्यक्तिहरू दिनको दुईचोटी आफ्नो पेट सन्तुष्ट पार्न संघर्ष गरिरहेका छन् । त्यहाँ धेरै राजनीतिक परिवर्तनहरू भएका छन् । तर व्यक्तिहरूको भाग्यमा खासै परिवर्तन आएको छैन । नेपालको सन्दर्भमा गरीवी एक राजनीतिक मुद्दा बन्नुपर्छ र यदि राज्यले गरीवीलाई मानवअधिकार हननको रूपमा हेर्न तयार भएन भने, गरीवी उन्मूलनको उद्देश्य धेरै वर्षसम्म टाढाको सपनाको रूपमा रहनेछ ।

नेपालको सामन्ती भूमिप्रणालीले नेपालको गरीवी बढाउन ठूलो भूमिका खेलेको बुझिन्छ । नेपालमा केवल केही प्रतिशत व्यक्तिहरू ठूलो क्षेत्रफलको जमिन आफ्नो पुर्खौली सम्पत्तिको रुपमा सदुपयोग गर्दछन, तर ठूलो सख्यामा मानिसमा जमिनको सानो क्षेत्रफल छ । सबैभन्दा खराब कुरा केहो भने, २४.४ प्रतिशत घरपरिवारसँग नेपालमा कुनै जमिन छैन । ८५ प्रतिशत भन्दाबढी जनसंख्या कृषि गतिविधिमा उनीहरुको जीविको पार्जनको मुख्य आयस्रोतको रूपमा संलग्न छन् । यद्यपि अधिकांश मानिसहरूले आधुनिक र वैज्ञानिक तरिका अपनाउनुको सट्टा कृषिको परम्परागत तरिका जारी राखेका छन् । अर्कोतर्फ राज्यले किसानहरुलाई आवश्यक पूर्वाधार, उपकरण र तालिम दिन असफल भएको छ । जसले गर्दा झन् गरिवी बढेको पाइन्छ । जनसंख्या वृद्धिको उच्चदर र कम आर्थिक प्रगति नेपालको गरीवीका लागि दुई मजवुत स्तम्भहरू हुन् । धेरै कार्यक्रम जनसंख्या नियन्त्रणको लागि विभिन्न क्षेत्रहरुद्वारा अनुमोदन गरिएको छ । तरपनि नेपालको जनसंख्या प्रतिवर्ष २.२४ प्रतिशतको दरमा बढ्दैछ । जनसंख्या वृद्धिदर यहि क्रममा बढने हो भने नेपालको जनसंख्या लगभग ३३ वर्षभित्र दुगुना पुग्नेछ र लगभग पाँच करोड पुग्नेछ । जवकि नेपालको आर्थिक वृद्धिदर भने दयनीय रूपमा कम छ ।

अर्कोतर्फ बढ्दो बेरोजगारी र बेरोजगारी दरपनि नेपालको गरीवीको संकटको लागि जिम्मेवार छ । केन्द्रीय सांख्यिकी ब्युरो नेपालको पछिल्लो तथ्यांकले देखाएअनुसार ४७ प्रतिशत मानिसहरु बेरोजगार छन । स्वरोजगार भएका व्यक्तिहरूको संख्यामा भने केही हदसम्म वृद्धि भएको छ । तर यसले गरिवी निवारणमा महत्वपूर्ण योगदान पु¥याउँदैन । निरपेक्ष गरीवी र वेरोजगारीका कारण हजारौं युवाहरू तिनीहरूको महत्वाकांक्षा त्याग्न बाध्य छन् । वार्षिक रूपमा हजारौं विद्यार्थीहरू विश्वविद्यालयको डिग्री पास गर्छन्, तर सरकार तिनीहरूलाई उपयुक्त रोजगारी प्रदान गर्न असमर्थ छ । नेपाली समाजमा रहेको विद्यमान गरीवी नै नेपालका धेरै समस्याहरूको जड बनेर बसेको छ । गरिवी नै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धेरै मानिसहरुको खराब स्वास्थ्य अवस्था, युवा अपराधी, अपराध र द्वन्द्व बढ्नुको प्रमुख कारक मानिन्छ ।

(माथि उलेखित विवरणहरु गुगलमा प्रकासित लेख र समाचारमा माआधारित छन्)

दोरम्बा–६,रामेछाप

हाल :  Yangzhou University, रिसर्चर तथा वैज्ञानिक Yangzhou, China.

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660