प्रवास

बहराइनमा पनि २७ नेपालीमा कोरोना संक्रमण

वैशाख, ५ काठमाडौं । शुक्रबार नेपालमा दुई जिल्ला उदयपुर र चितवनमा १४ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि भएसँगै विदेशमा बस्ने नेपालीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बहराइनमा बस्ने थप २७ नेपालीमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यो संख्या सँगै बहराईनमा बस्ने नेपालीहरुमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ४९ जना पुगेको छ ।
सो कुराको पुष्टि बहराईनमा रहेको नेपाली दुताबासले गरेको हो ।

बहराइनमा हालसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था गम्भीर रहेको छ । बहराइनमा कोरोना भाइरस संक्रमित भएकाहरुमध्ये सात सय तीन जनालाई निको भइसकेको जनाइएको छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660