खेलकुद

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

post-img

काठमाडौं, ५ बैशाख । अखिल नेपाल फूटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामालाई पक्राउ परेका छन् । एन्फाको उपाध्यक्ष भए पनि फरार सूचीमा रहेका थिए । उनलाई पुनारो मुद्दामा पक्राउ गरिएको एसएसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए । लामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

ब्राउन सुगर मुद्दामा अदालतबाट दोषी ठहर भएर पनि उनी पक्राउ पर्न सकेका थिएनन् । यहीबीचमा उनी एन्फा उपाध्यक्ष बनेका थिए ।

लामालाई ५ वर्ष कैद सजाय भएकामा करिब ४ वर्ष भुक्तान हुन बाँकी थियो। गएको एन्फा निर्वाचनमा उनी उपाध्यक्ष निर्वाचित भएका थिए। त्यसअघि उनी केन्द्रीय सदस्य थिए । बी डिभिजन क्लब प्लानिङ ब्वाइजबाट उनी एन्फामा छिरेका थिए ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660