खेलकुद

एसीसी प्रिमियर कप : कतारविरुद्ध नेपालले पहिले ब्याटिङ रोज्यो

post-img

काठमाडौं, १ वैशाख । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

ओमानको अल अमरेत क्रिकेट मैदान–१ मा नेपाली समय अनुसार सवा ४ बजेबाट खेल सुरु हुने भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो । कतार भने पहिलो खेलमा हङकङसँग पराजित भएको थियो ।

आजको खेलमा नेपालका तर्फबाट रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल र आसिफ शेख रहेका छन् । नेपालले शनिबारको खेलमा करण केसीको ठाउँमा विवेक यादवलाई खेलाउने भएको छ ।

नेपाल र कतारबीच हालसम्म एक मात्रै टी –२० आई खेल भएको छ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल २०१९ मा नेपालले दिएको १२३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । १० टोली सहभागी यस प्रतियोगिता विजेताले टी.२० एसिया कप खेल्न पाउनेछ ।

 

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660