अर्थ विजनेस

सरकार र दूग्ध किसानबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

post-img

काठमाडौं, २० फागुन । दुध बिक्री गरेबापतको करिब सात अर्ब रूपैयाँ नपाएको भन्दै आन्दोलनमा उत्रिएका दुध किसान र सरकारबीच पाँचबुँदे सहमति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय दुग्ध सहकारी संघबीच शनिबार साँझ सहमति भएपछि किसानहरुले आन्दोलन स्थगित गरेका छन् ।

शनिबार साँझ कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालको उपस्थितिमा सरकार, उद्योगी र दूग्ध सहकारी संघबीच वार्ता भएको हो । वार्तामा किसानहरुले आगामी एक महिनाभित्र दूध बिक्रीवापतको रकम भुक्तानी पाउने सहमति भएको छ ।

दूग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार आगामी चैत्र २१ गतेसम्ममा दूधको भुक्तानी पाउने सहमति भएको बताएका छन् । उनका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघले राखेका माग सम्बोधनका लागि पहल गर्ने सहमति भएको छ ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660