अन्तराष्ट्रिय

नाभाल्नीको शव उनकी आमालाई दिइयो

post-img

काठमाडौं, १३ फागुन । रुस सरकारले लोकप्रिय रुसी विपक्षी नेता अलेक्सी नभाल्नीको शव उनकी आमालाई दिइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नीको एक हप्ताअघि कारागारमै मृत्यु भएपछि नभाल्नीको अन्त्येष्टि गोप्य रुपमा गर्ने सर्तमा शव आमालाई हस्तान्तरण गरिएको छ ।

नाभाल्नीको अन्तिम संस्कार गोप्य ढंगले गर्न उनकी आमालाई मनाइएको र त्यही सर्तमा शव दिइएको दाबी गरिएको छ ।  उनकी आमा लुडमिला गत हप्तादेखि नै छोराको शव पाउने प्रतीक्षामा कारागार नजिकै बसेकी थिइन् ।

नाभाल्नीको मृत्युको प्रमाणपत्रमा मृत्युको कारण प्राकृतिक लेखिएको छ । त्यसमा उनकी आमा ल्युदमियाले हस्ताक्षर गरेपछि मात्र शव जिम्मा लगाइएको हो ।

नाभाल्नीका प्रवक्ताले भनेका छन् गोप्य ढंगले अन्त्येष्टि नगरेमा शव जेलभित्रै गाड्ने भनिएको थियो । नभाल्नीको फेब्रुअरी १६ मा उत्तरी रुसको कारागारमा रहस्यमय मृत्यु भएको थियो । उनको मृत्युलाई लिएर अमेरिकासहित युरोपेली मुलुकले रुसको कडा आलोचना गरिरहेका छन् ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660