खेलकुद

एकदिवसीय सिरिजमा नेपाल विजयी

post-img

काठमाडौं, २७ माघ । लगातार दुई खेलमा क्यानडालाई पराजित गर्दै नेपालले एकदिवसीय सिरिज जितेको छ ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा ​शनिवार भएको खेलमा नेपाल विजयी बनेको हो । क्यानडाले दिएको २८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै नेपालले ६ विकेट गुमाएर २९ बल बाँकी छँदै खेल जितेको हो ।

कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६ र अनिल साहले ५० रनको अर्धशतकीय पारी खेले । भीम सार्कीले २३ र पवन शर्राफले १४ रन बनाए ।

टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रनको योगफल बनाएको थियो ।

क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधिक ६५ रन जोडे । उनले ६२ बलमा १० चौका र दुई छक्कासहित ६५ रन बनाएका हुन् । त्यस्तै नवनित धलिवालले ४६ रन बनाए । श्रेयश मोभ्वाले ४० रन बनाए ।

पर्गत सिंहले ३८ रन बनाए भने निकोलस कीर्तन र उदय भगवानले समान २०/२० रन जोडे । दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाई १३ रन बनाए ।

नेपालका लागि रोहित पौडेल र कुशल मल्लले समान २र२ विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १/१ विकेट लिएका थिए । यसअघि बिहीबार भएको पहिलो खेल ७ रनले जितेको नेपालले दोस्रो खेल ४ विकेटले जितेको हो ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660