अन्तराष्ट्रिय

चीनमा शक्तिशाली भूकम्प, सयभन्दा बढीको मृत्यु

post-img

एजेन्सी, ३ पौष । चीनको उत्तर–पश्चिमी क्षेत्रमा गएराति गएको भूकम्पमा परी एक सयभन्दा बढीको ज्यान गएको छ । चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने गान्सु प्रान्तमा सोमबार राति ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो । भुकम्पका कारण अन्य दुई सय भन्दा बढी घाइते भएको चिनियाँ सञ्चार माध्यमले जनाएको छन् । अमेरिक भूगर्भ विभाग (यूएसजीएस)का अनुसार यसको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ।

भूकम्पमा परी १११ जनाको मृत्यु भएको बीसीसीले जनाएको छ। त्यस्तै, २२० जना घाइते भएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन्। राष्ट्रपति सीले खोज र उद्धारमा सम्पूर्ण शक्ति लगाउन भनेका छन्। घाइतेको ज्यान जोगाउन समयमै उपचारको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्।

भूकम्प गएको क्षेत्र चीनको दुर्गम क्षेत्र पर्छ। सबै प्रदेशमध्ये यो गरीब प्रदेश रहेको छ। जसले गर्दा पनि उद्धारमा कठिनाइ भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

भूकम्पले भत्किएका घरमा पुरिएका नागरिकको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएका छन् । यो क्षेत्र मंगोलियाको सीमासँग जोडिएको छ। चिसोका कारण पनि उद्धारमा कठिनाइ भइरहेको जनाएको छ। अहिले यो क्षेत्रको न्यूनतम तापक्रम माइनस १३ डिग्री सेल्सियसको हाराहारीमा रहेको चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन्।

भूकम्पले ठूलठूला भवनमा क्षति पुगेको छ। थुप्रै भौतिक संरचनामा क्षति पुगेको जनाएको छ। जसले गर्दा बिजुली र पानीको आपूर्ति पनि अवरुद्ध भएको छ।

दुई महीनाअघि पनि चीनमा भूकम्प गएको थियो। सिचुआन प्रान्तमा गएको ६।६ म्याग्नेच्युडको भूकम्पमा परी ६० जनाको मृत्यु भएको थियो।

चीनमा सबैभन्दा ठूलो भूकम्प सन् १९२० मा यही क्षेत्र केन्द्रबिन्दु भएर गएको थियो। त्यतिवेला दुई लाख चिनियाँले ज्यान गुमाएका थिए।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660