खेलकुद

सुपर ओभरमा नेपाल ओमनसँग पराजित

post-img

काठमाडौं, १९ कात्तिक । विश्वकप छनोट खेलमा नेपाल पराजित भएको छ । इतिहासमै पहिलो पटक सुपर ओभरमा पुगेको खेलमा नेपाल पराजित भएको हो । आईसीसी टी–२० विश्वकपको एशिया छनोट प्रतियोगिताको फाइनलमा नेपाल ओमनसँग सुपर ओभरमा पराजित भएको छ।

निर्धारित २० ओभरमा नेपाल र ओमनले दुबै टीमले १ सय ८४ रन बनाएका थिए । उपाधिको छिनोफानो गर्ने ओभरमा नेपालका बलर अभिनास बोहरा चल्न नसक्दा नेपाल पराजित भएको हो ।

काठमाडौंकोमा आइतबार भएको खेलमा ओमनले सुपर ओभरमा नेपाललाई हराउन सफल भएको हो । सुपर ओभरमा ओमनले तीन छक्काको मद्दतले २१ रन बनाएको थियो । ओमनका लागि नसिम खुशीले तीन छक्का प्रहार गरेका थिए । योसँगै ओमनले उपाधि  जित्न सफल बनेको हो ।

नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रमममा ओमनले नौ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको थियो। दोस्रो बलमा कुशल मल्लले रन लिन सकेनन्। तेस्रो बलमा एक रन लिए भने चौथो बलमा गुल्सन झाले पनि एक रन लिए। पाँचौ र छैटौं बलमा कुशल मल्लले दुई चौका प्रहार गरे पनि १० रन मात्रै भयो ।

ओमनका लागि कश्यप प्रजापतिले ६३, अकिब इल्यासले ३३, जीशन मक्सूदले २६ मोहम्मद नसीमले २४ रन बनाए । जितका लागि २२ रन चाहिएको‌ थियो । नेपालका लागि करण केसीले र सन्दीप लामिछानेले दुई÷दुई तथा सोमपाल कामी, गुल्सन झा, अविनाश बोहरा र विवेक यादवले एक/एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेल र गुल्सन झाले अर्धशतक प्रहार गरेका थिए। पौडेलले ३७ बलमा ५२ रन र झाले २५ बलमा ५४ रन बनाएका थिए ।

त्यस्तै, कुशल भुर्तेलले ३१, करण केसीले २०, आशिफ शेखले ६, कुशल मल्लले तीन र विवेक यादवले एक रन बनाए । ओमनका लागि बिलाल खानले तीन, अकिब इल्यासले दुई र जीशन मक्सूदले एक विकेट लिए ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660