प्रवास

बाढीमा परी २३ सैनिक वेपत्ता

post-img

सिक्किम, १७ असोज । भारतको उत्तरपूर्वी सिक्किम राज्यमा भीषण वर्षापछि आएको बाढीमा परी २३ जना सैनिक सम्पर्कविहीन बनेका छन् ।

टिस्टा नदीमा आएको बाढीका कारण उनीहरु सैनिक सम्पर्कविहीन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँ केही सवारीसाधन समेत डुबेका छन् । गुवाहटीमा सेनाको सम्पर्क अधिकारी कर्नेल महेन्द्र रावतले बीबीसीलाई बताएअनुसार २३ जना सैनिक बेपत्ता भएका हुन् ।

नेपालको सीमा नजिक पर्ने उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशित रूपमा बादल फाट्दा टिस्टा नदीमा बाढी आएको हो । ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा अग्लो हिमाल कञ्चनजंघालाई घेरेको हिउँको चुचुरोमा रहेको हिमनदीको फेदमा अवस्थित छ।

चुङथाङ बाँधभन्दा माथि पानी छोडिएका कारण पानीको सतह सामान्य अवस्थाभन्दा १५ फिट माथि रहेको सेनाले बताएको छ । भारतीय सेनाका प्रवक्ताले जारी गरेको एउटा भिडिओमा जङ्गली क्षेत्रमा पानीको तीव्र धारले सडकहरू बगाएको र बिजुलीका तारहरू चुँडाएको देखिन्छ ।

author-img_1

रामेछाप पोस्ट

Reporter

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660