अन्तराष्ट्रिय

चारवर्ष अघिको मुद्दामा राहुल गान्धीलाई दुई वर्ष जेल सजाय

post-img

एजेन्सी, ९ चैत । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ । चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा सुरत जिल्ला अदालतले दुई वर्षको जेल सजाय सुनाएको हो ।

भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै अदालतले बिहीबार गान्धीलाई सो सजाय सुनाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । अदालतले गान्धीलाई सजायको विरुद्ध उच्च अदालतमा अपिल गर्न ३० दिनको समय समेत दिएको छ।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए । भाषणका क्रममा गान्धीले मोदीको आलोचना गर्दै ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो ?’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए ।

 

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660