अन्तराष्ट्रिय

भारतमा बाढीका कारण २४ घण्टामा ६३ जनाले ज्यान गुमाए, जनजीवन प्रभावित

post-img

असार २८, एजेन्सी । भारतमा भारी वर्षा भइरहेको छ । अत्याधिक वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । भारी वर्षा र बाढीका कारण गुजरातमा पछिल्लो २४ घण्टामा ६३ जनाले ज्यान गुमाएका छन् ।

अम्बिका नदीमा फसेका सरकारी कर्मचारीहरुलाई हेलिकोप्टरको सहायतमा उद्धार गरिएको छ भने भालसाड जिल्लामा सबै स्कुल र कलेजहरु पनि बन्द गरिएको छ ।

सरकारले बाढी प्रभावित १० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारेको छ । अन्य आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

त्यसैगरी भारतकै मध्य प्रदेश र कर्नाटकमा पनि अत्यधिक वर्षाका कारण जनजीवन कष्टकर बनेको भारतीय मिडियाहरुले जनाएका छन् ।

भारतको मौसम विज्ञान विभागले मंगलबार पनि उत्तराखण्ड र केरलामा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन भनेको छ ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660