विचार

समाजको यर्थाथ बोकेको गीतलाई विवादित किन बनाउनु ?

post-img

 

चार दिन पहिले युट्युबमा कलाकार प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’ सार्वजनिक गरे । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै गीत विवादित हुन पुग्यो । गीतका बारेमा पक्ष र विपक्षमा आएका थुप्रै तर्कहरुले मानिसको ध्यानलाई केन्द्रित गरायो र गीतमा लाखौँको संख्यामा भियुज समेत आयो र आइरहेकै पनि छ ।

हुन त हरेक मानिसको सोच फरक हुने गर्दछ । उदाहरणका लागि कोही व्यक्तिले गुलाफको बोटमा भएको काँडा मात्र देख्छ भने कोहीले काँडाबिचको फूलको सुन्दरता । यसैगरी प्रकाश सपुतद्वारा रचिएको गीत पनि त्यसकै एक उदाहरण हो । कोहीलाई केही कारणबस उक्त रचना मन नपर्न सक्छ भने कोहीलाई उक्त रचनाले आफ्नो भाव बोलेको झैँ भान भइरहेको हुन सक्छ । मेरो विचारमा चाहिँ गीतलाई विवादित बनाउनपर्ने कुनै पनि कारण छैन । गीतले समाजको यथार्थ बोकेको छ । गीतद्वारा जनयुद्ध कालमा परिवर्तन खोज्नका लागि बन्दुक बोकेर हिँडेका ती महान् लडाकुहरुलाई सम्बोधन गरिएको छ भने देशमा जे काम गर्दापनि आम्दानी नभएर परदेश तर्फ लाग्नुपरेको बाध्यता र त्यहाँ गएर भोग्नु परेको पीडालाई गीतद्वारा देखाउन खोजिएको छ । गीतद्वारा परिवर्तन खोज्दै हिँडेका ती महान् लडाकुहरुको जीवनस्तर अझैपनि परिवर्तन नभएको स्पष्ट रुपले देखाउन खोजिएको छ । त्यो देखाउने शैली केहीलाई गलत लाग्न सक्ला तर गीतले यथार्थको ऐनालाई छर्ल्ङ पारिदिएको छ ।

गीतलाई नराम्रो कोणबाट भन्दा पनि राम्रो कोणबाट हेरेर गीतले दिन खोजेको सन्देश आत्मसात ग¥यौँ भने पक्कैपनि जनताको क्रान्ति सफल हुन्छ र देशमा परिवर्तन ल्याउनका लागि गरिएको क्रान्ति व्यर्थ नभएको भान हुनेमा म विश्वस्त छु ।

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660