प्रवास

जन्मदिनमा सलमान भन्छन्-मलाई डस्ने सर्पसँग सेल्फी लिएँ

post-img

पुस १२, काठमाडौं । बलिउडका चर्चित अभिनेता सलमान खान सोमबार आफ्नो ५६ औं जन्मदिन मनाउदैछन् । जन्मदिनको ठीक एकदिन पहिले अर्थात् आइतबार उनलाई सर्पले टोकेको थियो । सर्पले टोकेपनि अहिले भने उनी डिस्चार्र्ज भइसकेका छन् ।

डिस्चार्ज पछि उनले मिडियामाझ आफूलाई सर्पले तीनपटक टोकेको र त्यही दौरान ‘सेल्फी’ पनि लिएको खुलाए । सलमानका अनुसार आफ्नो घरको एक कोठाभित्र सर्प पसेको र घरबाहिर सर्पलाई ल्याउदा बाहिर हल्ला बढी थियो । त्यसपछि सर्पले उनलाई तीनपटक डसेको थियो । लगत्तै उनी अस्पताल गए र एन्टी-वेनम इन्जेक्सन लगाए । उनले हालसम्म सबै प्रकारका एन्टी-वेनम (क्रेट, वाइपर, कोबरा)को इन्जेक्सन लगाइसकेका छन् ।

सल्मान भन्छन् ,‘सर्पले मलाई डसेको समयमा मेरी बहिनी अर्पिता निकै डराएकी थिइन् । त्यो समयसम्म सर्पसँग मेरो दोस्ती बढिसकेको थियो । त्यसपछि मैले सर्पसँग सेल्फी लिएँ र उसलाई छोडीदिएँ ।’

author-img_1

रामेछाप पोष्ट

Office

रामेछाप पोष्ट नेपालका बिभिन्न भागमा रहेको समाचारहरु सम्प्रेषण गर्ने नेपाली अनलाईन न्यूज पोर्टल हो । यो सुचना बिभाग तथा प्रेस काउन्सिलमा समेत दर्ता भइ संचालन हुँदै आएको छ ।                                    

सम्बन्धित समाचार

हाम्रो बारे

Nepali News Portal Ramechhap post

सञ्चालक-प्रकाशक
विदुरप्रसाद ढुंगेल
Mobile No. 9851141829

सम्पादक

लक्ष्मी तिमल्सिना
Mobile No. 9851159660